काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु उपयुक्त नहुने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्। यस सन्दर्भमा डा. महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टीभन्दा माथि रहने र सक्रिय राजनीतिमा फर्किनु उचित नहुने बताए। उनले कांग्रेसले यस्तो अभ्यास नअपनाउने स्पष्ट पारे ।














