Logo
Logo

चोर, फटाहा र मानव बेचुवा भन्दै गालीगलौज नरोके प्रतिवादमा उत्रिन्छौँ: काँग्रेस


2k
Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् शुरु हुनेबित्तिकै गालीगलौज गर्ने परम्पराको विकास हुँदै गएको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो चेतावनी दिएका हुन्। संसद्को कारबाही शुरु हुनेबित्तिकै गालीगलौज गर्ने प्रवृत्तिका कारण संसद्को मर्यादा गम्भीर रूपमा खल्बलिएको भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूलाई लक्षित गर्दै केही सांसदहरूले चोर, फटाहा र मानव बेचुवा जस्ता अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो कार्यले संसदीय मर्यादा कायम रहन नसक्ने बताए। उनले भिजिट भिसा प्रकरणको बारेमा संसद् र सरकार दुवैको ध्यानाकर्षण भइसकेको र समिति समेत गठन भइसकेको उल्लेख गरे।

घिमिरेले भने, ‘अहिले संसद्‌मा संसद्को कारबाही शुरु भएपछि उठ्ने र दैनिक गालीगलौज गर्ने प्रक्रिया संसद्‌भित्र आरम्भ भएको छ। चोर, फटाहा र मानव बेचुवा भन्ने प्रक्रिया आरम्भ भएको छ, यसलाई अन्त्य गर्नैपर्छ। यो हुन्जेल संसद्को मर्यादा कायम रहन सक्दैन। यसरी गालीगलौज गर्ने प्रक्रिया अन्त्य नभए हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ।’

अब पनि संसद् शुरु हुनेबित्तिकै गालीलगलौज गर्ने प्रवृत्ति अन्त्य नभए आफूहरू प्रतिवाद

प्रतिक्रिया दिनुहोस्