Logo
Logo

नेप्से ९.१९ अङ्क बढ्यो, कारोबार रकम भने घट्यो


189
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

सोमबार नेप्से परिसूचक ९.१९ अङ्क बढेर २६३१.४८ विन्दुमा पुगेको छ । त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.९५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अङ्क बढेको छ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३१८ स्टकको ६३ हजार ३७१ पटकको कारोबारमा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँबराबरको १ करोड ४१ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ ४८ पैसा बढेर ३५८ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्यसर्वाधिक ४.९२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी,सानिमा माइ हाइड्रोपावरको करिब साढे ३१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ३० करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्