Logo
Logo

पास भइसकेको विधेयक परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रतिको अपमान भएको बताएका छन् ।

सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको विद्येयक परिवर्तन भएपछि सामाजिक सञ्जालमार्फत उनले यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।

यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान उनले आग्रह गरेका छन् । साथै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्