Logo
Logo

कुलिङ पिरियडमा तोडमोड गर्नेलाई कारबाही गर्नुपर्छ : कांग्रेस


378
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात  गरेको  जनाएको  छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य  नहुने बताए । 

The current image has no alternative text. The file name is: mahat.gif

राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ।माथिल्लो सदनमा विधेयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै  कार्यान्वयन हुनुपर्ने उनले बताए । 

सरकारमा नेपाली कांग्रेसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएको उनले बताए । पार्टीबाट सरकामा रहेका मन्त्रीहरूको काममा सन्तोषजनक नभएको  बैठकमा केन्द्रीय सदस्यहरूले  धारणा राखेको उनले जानकारी दिए । संसद् भित्र  र बाहिर रहेका पार्टीका  जिम्मेवार नेताहरूले  नै अनुशासन भन्दा बाहिर गएर  पार्टीको विपक्षमा  अभिव्यक्ति दिने गरेको  विषयमा पनि केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएको उनले बताए । केन्द्रीय  समितिको बैठक बुधवार पनि जारी रहने उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस्