
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संवैधानिक निकायमा नियुकत ५२ पदाधिकारीले अब काममा तीव्रता दिनुपर्ने बताएका छन् ।
संवैधानिक नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चले खारेज गरेसँगै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् महासचिव पोखरेलले अन्योल अन्त्य भएको र अब ती निकायले काममा तीव्रता दिनुपर्ने धारणा राखेका हुन् ।
‘संवैधानिक आयोगमा भएको नियुक्तिउपर परेको मुद्दाका कारणले उत्पन्न अन्योल अन्त्य भएको छ । अब ती निकायको काममा तीव्रताको अपेक्षा गरौं,’ उनले भनेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले साढे चार वर्षदेखि ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादलाई बुधबार मध्यरातमा टुंग्याएको थियो ।














