Logo
Logo

मलेसियाले नेपाललाई दियो ९१ रनको सामान्य लक्ष्य


504
Shares

काठमाडौं । एसीसी यू–१६ इस्ट कपको पहिलो सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । आजको खेल जित्न नेपालले अब ९१ रन बनाउनुपर्नेछ ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्