काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले शिक्षा विधेयकबारे चासो राखेका हुन् ।

‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक रोकेर मन्त्री पन्तले शिक्षक महासङ्घसँग छलफल गरिरहेका छन् ।
विधेयकमाथि छलफल गर्न समिति बैठक २२ असारमा बोलाइएको छ । समिति सभापति अम्मरबहादुर थापाले पर्सी पास गर्नेगरी बैठक बोलाइएको बताएका छन् । सभामुख घिमिरेसँगको भेटमा मन्त्री पन्तले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।











