Logo
Logo

सुनचाँदी व्यवसायीले घोषणा गरे साताव्यापी आन्दोलन


1.1k
Shares

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले साताव्यावपी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलन गर्ने तालिका सार्वजनिक गरेको हो ।

सरकारले आर्थिक वर्ष ०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शन गर्दै आएका छन् । कार्यक्रम अनुसार आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् ।

असार २३ गते भोलि आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला÷नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।

यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिका रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्