काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ । बुधवार रात्रिकालीन खेलका लागि आवश्यक फ्लडलाइटका तीनवटा टावर काठमाडौं आइपुगेका छन् ।

भारतबाट ल्याइएका यी फ्लडलाइट टावरहरूको पहिलो लटमा तीनवटा र दोस्रो लटमा थप तीनवटा गरी कुल छवटा टावर मैदानमा जडान गरिनेछ ।
टावरमा प्रयोग हुने लाइटहरू भने युरोपेली देशबाट आयात गरिनेछ, जुन आइपुग्न करिब ३ देखि ४ हप्ता लाग्ने अनुमान छ। हाल फ्लडलाइट टावरका लागि आवश्यक बेस ९जग० निर्माण कार्य सम्पन्न भइसकेको छ, र तार बिछ्याउने कार्य जारी छ।














