Logo
Logo

मोन्टि देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त 


189
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व मुख्य प्रशिक्षक मोन्टि देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् ।

The current image has no alternative text. The file name is: montey.gif

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ ।

पहिलो संस्करणको एनपिएलमा बसन्त शाही ठकुरी प्रमुख प्रशिक्षकका रूपमा रहेका थिए । काठमाडौंका नवनियुक्त मुख्य प्रशिक्षक देसाईले नेपाल आफ्नो मनमा विशेष रूपमा रहेको बताएका छन् ।

टियु क्रिकेट मैदानमा समर्थकलाई भेट्न आफु उत्सुक रहेको देसाइले बताएका छन् । काठमाडौंले यस संस्करणका लागि मार्की तथा कप्तान करण केसी, भीम सार्की, राशिद खान, दीपेश कंडेल, शाहब आलम र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ । काठमाडौं पहिलो संस्करणमा ७ खेलमा ४ खेल जितेर पाँचौँ स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्