
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले नेपाल टेभिजिनबाट प्रत्यक्ष प्रसारणमार्फत नीति सार्वजनिक गर्न लागेको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै आज १२ बजेर ३० मिनेटमा नेपाल टेलिभिजनबाट मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिएको छ । साथै मौद्रिक नीति नेपाल राष्ट्र बैंकको फेसबुक पेजबाट पनि हेर्न सकिनेछ ।
त्यसलगत्तै नेपाल राष्ट्र बैंकको नयाँ भवनमा २ बजे गभर्नर पौडेलले सार्वजनिक मौद्रिक नीतिबारेमा पत्रकारहरूसँग छलफल गर्दैछन् ।











