
काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर लैजान पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।
हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर रहेकामा राष्ष्ट्र बैंकले यसको सीमा बढाएर तीन हजार डलर पुर्याएको हो ।











