Logo
Logo

ऋषभ पन्तले तोडे भिभ रिचर्ड्सको रेकर्ड


1.6k
Shares

काठमाडौं ।  भारत र इङ्ल्यान्डबीचको पाँच टेस्ट शृङ्खलाको तेस्रो खेल ऐतिहासिक लर्ड्स मैदानमा जारी छ। खेलमा भारतीय ब्याट्सम्यानहरूले आक्रामक प्रदर्शन गरेका छन् । 

ऋषभ पन्तले टेस्ट क्रिकेटमा छक्का प्रहारको कला फेरि एकपटक प्रमाणित गरेका छन् । उनले इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।  

तथ्याङ्कअनुसार पन्तले इङ्ल्यान्डविरुद्ध टेस्टमा ३५ छक्का प्रहार गर्दै वेस्ट इन्डिजका दिग्गज सर भिभियन रिचर्ड्सको ३४ छक्काको रेकर्ड तोडेका छन् ।  पन्तको यो उपलब्धि उनको आक्रामक र निडर ब्याटिङ शैलीको नतिजा हो, जसले टेस्ट क्रिकेटमा नवीन सोचको झलक देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्