
काठमाडौं, २ भदौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार राष्ट्रकविको घिमिरेका आज (साँझ निधन भएको हो ।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल ७ असोजमा जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।














