Logo
Logo

नेप्सेमा दोहोरो अङ्कको बुद्धि


252
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । गत साताको बुधवारदेखि बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आइतबार नेप्से परिसूचक २९ अङ्क बढेर २७६०.८० विन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.१६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२३ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ९ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३११ स्टकको १ लाख ५ हजार ४१५ पटकको कारोबारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनआईसी एशिया बैङ्क र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, जीवन विकास लघुवित्तको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैङ्क शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको करिब ३३ करोडको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २८ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने विकास बैङ्क, वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्