
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो ।
जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि हिजो (मंगलबार) सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार तीन सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम थियो ।











