Logo
Logo

भुटानविरुद्ध पूर्णिमा र मीनाको ह्याट्रिकसहित नेपालको  जित 


1.6k
Shares

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँगको दोस्रो खेलमा नेपालले‌ ८-० को जित निकालेको छ । ​​​​​​​ ढाकास्थित वसुन्धरा किङ्स एरियाको अभ्यास मैदानमा भएको खेलमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पुरा गरे । पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल गर्‍यो । 

The current image has no alternative text. The file name is: foot.gif

​​​​​​​पूर्णिमाले खेलको २३ औँ मिनेट र पहिलो हाफकोथप गरिएको समयमा थप २ गोलसहित ह्याट्रिक पुरा गरेकी हुन् । मीनाले भने पहिलो हाफमा दुई गोल र दोस्रो हाफको ६४ औँ मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरिन् ।नेपालका लागि  समीक्षा मगर र कुसुम खतिवडाले १र१ गोल गरे ।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपालले तेस्रो र चौथो खेलमा श्रीलङ्कालाई लगातार ७-० गोलले पराजित गरेको थियो । नेपालले लिगको अन्तिम खेल घरेलु टोली बंगलादेशसँग सोमबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्