Logo
Logo

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान


252
Shares

पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साम्बालाई सम्मान गरेको हो ।

The current image has no alternative text. The file name is: sambba.gif

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले फूलमाला, दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन । साम्बाले गाउँपालिका अध्यक्षलाई आफूले लगाउने जर्सी उपहार दिइन् । 

साम्बालाई मस्र्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर माध्यमिक विद्यालयले पनि सम्मान गरेका थिए । साम्बा मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी पामचोकमा जन्मिएकी हुन् । 

प्रतिक्रिया दिनुहोस्