Logo
Logo

यौन दुर्व्यवहारको आरोप लागेका पाँच हक्की खेलाडी निर्दोष ठहर


378
Shares

एजेन्सी । क्यानडामा यौन दुव्र्यवहार आरोपमा संलग्न पाँच खेलाडी निर्दोष ठहर भएका छन् । ओन्टारियोस्थित अदालतले पाँचजना पूर्व आइस हक्की खेलाडीलाई एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा निर्दोष ठहर गरेको हो ।

अदालतकी न्यायाधीश मारिया कारोचियाले आठ सातासम्म चलेको सुनुवाइपछिको बयान र प्रमाणहरुको समीक्षा गर्दै माइकल म्याक्लियोड, डिलन ड्युबे, क्याल फुट, एलेक्स फोरमेन्टन र कार्टर हार्टलाई निर्दोष ठहर गरेको बीबीसीले जनाएको छ ।

उनीहरुमाथी २०१८ मा लन्डनस्थित ओन्टारियोमा भएको हक्की क्यानडा गाला कार्यक्रममा सहभागी भएका बेला एक महिलामाथि होटलमा सामूहिक यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

न्यायाधीशले पीडित महिलाको बयानलाई विश्वसनीय वा भरपर्दो नरहेको बताउँदै अभियोजन पक्षले अभियोग पुष्टि गर्न नसकेको भन्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्