Logo
Logo

एनपीएल अक्सन साउन २४ मा, ४५८ खेलाडीले गराए नाम दर्ता


630
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ ।

The current image has no alternative text. The file name is: npl-nepal-primier-.jpg

नेपाल क्रिकेट सङ्घ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जनाउँदै ४५८ नेपाली क्रिकेटरले अक्सनका लागि नाम दर्ता गरेको जानकारी दिएको छ । क्यानका अनुसार दर्ता भएका खेलाडीहरूको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ । 

प्राविधिक समितिले निर्धारण गरेको मापदण्ड र टोलीको प्राथमिकताका आधारमा अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची प्रकाशित गरिनेछ । यसअघि, आठवटै टोलीले आ-आफ्नो रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्