Logo
Logo

यस्तो बन्दैछ त्रिवि क्रिकेट मैदान (फोटोफिचर)


693
Shares

The current image has no alternative text. The file name is: cricket-1.gif

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन स्तरोन्नति भइरहेको छ । १० हजार दर्शक अट्ने प्यारापिट र ६ फ्लडलाइट जडानको काम अन्तिम चरणमा छ ।

प्यारापिटमा ६ रङका कुर्सी राखिँदैछ, जसलाई ८ खण्डमा विभाजन गरिएको छ । प्रत्येकमा ६५२ कुर्सी रहनेछ । प्यारापिट निर्माणका लागि बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३.७७ करोड र फ्लडलाइटका लागि विशन–ईश्वरी जेभीले ४२.१९ करोडमा ठेक्का पाएका छन् ।

गत पुसमा सम्झौता भए पनि समयमै काम नसकिएकाले ठेकेदारलाई दैनिक २ लाख हर्जना तिराइएको छ ।  प्यारापिट निर्माणको काम एनपीएलको दोस्रो सिजन अगाडीनै सकिने छ । प्यारापिट निर्माणको काम सकिए लगत्तै फ्लडलाइट जडानको काम हुने छ । जहाँ, नेपालमा पनि रातिको समयमा क्रिकेट खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्