Logo
Logo

नेप्सेले दियो गिरावटलाई निरन्तरता


189
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन साढे १८ अङ्क घटेको नेप्से, सोमबार भने सामान्य अङ्क घटेर बन्द भएको हो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

सोमबार नेप्से परिसूचक २.०७ अङ्क घटेर २९६२.१३ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.७८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अङ्क घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन साढे २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२१ स्टकको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँबराबरको ४ करोड ४१ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सान्भि इनर्जीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । मूल्य बढेको अरू स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यसर्वाधिक ८.४९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको करिब ७७ करोडको सेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको सेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ । 

प्रतिक्रिया दिनुहोस्