Logo
Logo

 २ अङ्कले घटेको नेप्से कसरी ७ अङ्कले बढ्यो ?


756
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले अन्तिम १५ मिनेटको गणना नेप्से गणना सच्याउँदा नेप्से परिसूचक ७ दशमलव १० अङ्कले बढेको छ । सोमबार बजार २ अङ्कले घटेको देखाएको नेप्सेले सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि अध्ययन भइरहेको जनाएको थियो ।

The current image has no alternative text. The file name is: nepalstock.gif

पछिल्लो अद्यावधिक सूचना अनुसार नेप्से परिसूचक ७ दशमलव १० अङ्कले बढेर २९ सय ७१ दशमलव ३१ विन्दुमा पुगेको छ ।  नेप्सेको कारोबार प्रणालीमा कारोबार समयपश्चात परिसुचकको भारित औसत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अङ्क देखिएको भन्दै नेप्सेले क्षमा मागेको सूचना वेवसाइटमा राखेको छ । यता टीएमएसमा भने नेप्से परिसुचक २‍ दशमलव ६१ ले मात्र बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्