Logo
Logo

विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोट काठमाडौंमा सुरु


189
Shares

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको हो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।

छनौटका लागि भारतबाट १० खेलाडी र नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडीले भाग लिएका छन् ।

नेपालबाट समान ४–४ पुरुष÷महिला खेलाडीले छनोटमा प्रतिस्पर्धा गर्ने छन् । जसमध्ये पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल र महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष÷महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्