
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेको हो ।
बुधबार १ लाख ९४ हजार चार सयमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











