Logo
Logo

कुमारी बैंकको नाफा चार सय गुणा बढेर २ अर्ब नाघ्यो


252
Shares

काठमाडौं । कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४६ लाख रुपैयाँ खुद नाफा कमाएको कुमारी बैंले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब एघार करोड नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो चार सय गुणाले बढी हो । बैंकले आर्थिक वर्ष २०८०/८१ मा प्रावधान रकम ६ खर्ब देखाएकोमा आर्थिक वर्ष २०८१/८२ मा भने २ अर्ब मात्र देखिएकोले नाफामा उछाल देखिएको हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको यस्तो आम्दानी बढेर आठ रुपैयाँ ०६ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्