Logo
Logo

यू-२० महिला एसियन कप छनोटमा आज साउदी र नेपाल भिड्दै


504
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

पहिलो खेलमा घरेलु टोली भुटानसँग १–१ को बराबरी गरेको नेपाल पहिलो जितको खोजीमा मैदान निस्किने छ । उता पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो अन्तरले पराजित साउदी पनि पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले आजको खेलमा बराबरी वा हार को नतिजा आए नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिनेछ । त्यसैले नेपाललाई आजको खेलमा साउदीविरुद्ध जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्