Logo
Logo

एलएलडिसीको तेस्रो सम्मेलन : नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड


252
Shares

काठमाडौं । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गरी आज स्वदेश फर्किभएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरुले थप सहयोग गर्नुपर्नेमा नेपालजस्ता देशले आवाज उठाएको जानकारी गराइयो ।

सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका नेता प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भूजडित, पारवहन निर्भरबाट व्यापार प्रतिष्पर्धी र जलवायु सङ्कटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रुपान्तरणका लागि आवाजा कार्यक्रम एउटा कोशेढुङ्गा सावित हुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत् सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले स्पष्ट पारेको उनले सुनाए ।

प्रधानमन्त्री ओलीले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुक, विकास साझेदार तथा दातृ निकायलाई आह्वान गरेको पनि जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्