Logo
Logo

भारतलाई तीन साताभित्र रूसी तेल खरिद बन्द गर्न अमेरिकाको चेतावनी


एजेन्सी

2.3k
Shares

नयाँदिल्ली । अमेरिकाले भारतलाई रूसी तेल खरिद बन्द गर्न तीन साताको समयसीमा दिएको छ, अन्यथा अमेरिकी भन्सार दर २५ प्रतिशतबाट ५० प्रतिशत पु¥याइने चेतावनी दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अमेरिकी दबाबलाई अनुचित बताउँदै भारतका किसान र राष्ट्रिय हितमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेको छ ।

रूसी तेलले भारतलाई ठूलो आर्थिक लाभ पु¥याएको भए तापनि वैकल्पिक आपूर्तिकर्ता खोज्दा देशभित्र इन्धन मूल्यमा वृद्धि हुन सक्ने जोखिम छ । तर, अमेरिकी भन्सार वृद्धिले भारतको निर्यात क्षेत्रमा गहिरो असर पार्न सक्ने देखिएको छ ।

भारतले हालसालै ब्राजिल, रुस र सम्भावित रूपमा चीनसँग पनि संवाद गर्दै अन्तर्राष्ट्रिय साझेदारी सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार भारतले आफ्नो दीर्घकालीन हितलाई प्राथमिकता दिँदै बुद्धिमानीपूर्ण र लचकपूर्ण निर्णय लिनुपर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्