Logo
Logo

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा


2.9k
Shares

धनगढी । कैलाली कारागारमा शुक्रवार राति भएको हिंसात्मक झडपपछि कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् । झडपमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: Kailali.gif

घाइतेमध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । कैदीबन्दीले थुनुवा कक्षको मूल ढोकामा ताला लगाएर ग्यास सिलिन्डर राखी आगो लगाउने धम्की दिएका छन् । यसले सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

१५० जनाको क्षमता भएको कारागारमा करिब ७०० कैदीबन्दी छन् । प्रहरीका अनुसार ब्लक ए का कैदीबन्दीले राति ब्लक बी मा रहेका निदाएका कैदीबन्दीमाथि रड, खुकुरी, चक्कु र इँटाले आक्रमण गरेका थिए ।

ब्लक बी मा प्रवेश गर्न पुरानो टालिएको ढोका फुटाइएको थियो । आक्रमणको कारण भूपेन्द्र बडुवाल हत्या प्रकरणमा तीन कैदीको सरुवा र कारागारको नाइके परिवर्तनको विवाद रहेको प्रहरीले जनाएको छ । 

शुक्रवार रातिको आक्रमणबारे प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई जानकारी थियो, तर उनले सामान्य रूपमा लिएकाले घटना गम्भीर बनेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्