Logo
Logo

कैलाली कारागार तनावकाबीच गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल


1.3k
Shares

काठमाडौं । कैलाली कारागारमा भएको झडप र एक जनाको मृत्युको घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन्। शनिवार गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफलका लागि बैठक डाकेका हुन् ।

The current image has no alternative text. The file name is: ramesh-lekhak-4.jpg

शुक्रवार राति कारागारमा भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् । घाइतेहरूको उपचार जारी छ ।

कैदीबन्दीहरूले कारागारको नियन्त्रण आफ्नो हातमा लिएको र सुरक्षा व्यवस्था अस्तव्यस्त भएको अवस्थामा गृहमन्त्रीले यो छलफल आयोजना गर्न लागेका हुन्, उनका सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्