काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धन पर्व मनाएका छन् । उनले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीहरूको हातबाट राखी बाँधेर पर्व मनाएका हुन् ।

प्रधानमन्त्री ओलीले शनिवार साँझ सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । उनले दिदीबहिनीहरूलाई पवित्र पर्वको अवसरमा धन्यवाद ज्ञापन गरे ।
आफ्नो आधिकारिक फेसबुक पेजमा उनले लेखेका छन्, ‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो। दिदीबहिनीहरूलाई धन्यवाद !’














