Logo
Logo

कैलाली कारागारमा झडप, परिस्थिति नियन्त्रणमा


2.1k
Shares

धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार परिस्थितिलाई सामान्य बनाउन ५० जना सुरक्षाकर्मी खटाइएको छ । 

The current image has no alternative text. The file name is: Kailali.gif

झडपपछि कैदीबन्दीका आफन्तलाई भेटघाटको व्यवस्था पनि गरिएको छ । शुक्रवार राति भएको झडपमा घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा शनिवार मृत्यु भयो । अन्य ४४ घाइतेको सेती प्रादेशिक अस्पताल नजिकको कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

ब्लक ‘ए’ र ‘बी’ का कैदीबन्दीबीच भएको झडपको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । यसअघि बिहीबार राति पनि झडप भएको थियो, जुन प्रहरी र प्रमुख जिल्ला अधिकारीको पहलमा सामान्य भएको थियो । कैदी सरुवाको विषयमा मतभेदले झडप हुने गरेको जनाइएको छ । १५० जना क्षमताको कारागारमा हाल ६८० कैदीबन्दी छन् । 

प्रतिक्रिया दिनुहोस्