
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आुसार आज सुन तोलामा २ सय रुपैयाँ घटेर कारोबार भएको हो ।
यसअघि शुक्रबार १ लाख ९९ हजार ४०० रुपैयाँका कारोबार भएको सुन आज प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैबिच आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।











