Logo
Logo

गगनले भने-तीन प्रमुख नेताले संन्यास लिए खुसी हुन्थे 


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका तीन प्रमुख नेताले राजनीतिबाट संन्यास लिए आफू सबैभन्दा खुसी हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

The current image has no alternative text. The file name is: gagan.jpg

थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संन्यास लिए नेपालको राजनीतिमा देखिएको वितृष्णा कम हुने बताए ।

 ‘नेपालको राजनीति फोहोर जमेको पोखरीजस्तो बनेको छ, जसले युवाहरूमा बढी रिस पैदा गरेको छ,’ उनले भने । नेताहरूप्रति सम्मान रहे पनि उनीहरूले अब डेलिभरी गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।  ‘उहाँहरूले ठूलो योगदान दिनुभएको छ, तर अहिलेको वितृष्णा कम गर्न संन्यास आवश्यक छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्