काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल क्रिकेट सङ्घ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो । जर्सीको अगाडि नासा सेक्युरिटिज लेखिएको छ ।

जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो । टेन्डरमा विभिन्न कम्पनीहरूले आवेदन भरेका थिए । नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो । नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी-२० सिरिज खेल्दै छ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ ।
नेपालले वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया९प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो ।
उक्त सिरिजमा भाग लिने टोलीमा एक सदस्य परिवर्तन भएको छ । ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् ।











