Logo
Logo

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने


252
Shares

काठमाडौं । सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार घाषणा गरेको छ ।

आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै च्याम्पियन बनेका ढाँटलाई मन्त्रिपरिषद बैठकले प्रोत्साहनस्वरुप
पाँच लाख प्रदान गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख प्रदान गरिने निर्णय भएको पनि जानकारी दिएका छन् । गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्