
काठमाडौं । पहिरोले मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास खण्ड अवरुद्ध भएको छ । आज बिहान रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक पूर्ण रूपमा अवरुद्ध भएको र पहिरो पन्छाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर साले जानकारी दिए ।
उनका अनुसार निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधन सञ्चालन गरिने उनले बताए । यो सडक नखुलेसम्म पानी ट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।














