काठमाडौं । जम्मू कस्मिरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिकै बिहीबार आएको भीषण वर्षापछिको बाढीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीको उद्धार गरिएको छ।

घटनामा १ सय २० भन्दा बढी घाइते र २ सय भन्दा बढी बेपत्ता भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठूलो अपरेसन सुरु गरिएको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले घटनामा ठूलो मानवीय क्षति हुन सक्ने बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले यो भीषण बाढीको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।











