Logo
Logo

कोरोनाको जोखिम युवालाई पनिः ललितपुरमा २९ वर्षिय युवकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ भदौ ।
कोभिड–१९ का कारण ललितपुरमा २९ वर्षिय युवकको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा शनिबार बेलुका उपचारको क्रममा मृत्यु भएको हो ।


ती युवक २८ साउनमा भर्ना भएका थिए । उनी ललितपुरकै निवासी हुन् ।
नेपालमा युवाहरुमा पनि कोेभिड–१९ बाट गम्भीर बिरामी हुने क्रम बढेको छ । केही दिनयता नेपालमा दैनिक १० भन्दा धेरैको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्