Logo
Logo

नेपालले हुरिकेन्सलाई दियो १८१ रनको लक्ष्य


378
Shares

काठमाडौं ।  टप एण्ड टी-२० सिरिजको चौथो खेलमा नेपालले हर्बट हुरिकेन्सलाई १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। अष्ट्रेलियाको पामस्र्टनस्थित काजालिस मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो । 

The current image has no alternative text. The file name is: cricket-8.gif

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए । उनले २६ बलमा ३३ रन जोडेका हुन् । उनले छैटौँ विकेटका लागि लोकेश बमसँग ३८ रनको सानो साझेदारी बनाउँदै नेपालको मिडलअर्डर सम्हालेका थिए । 

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमायो । उनले २१ बलमा २७ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए । 

पावरप्लेमा नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ५९ रन बनाएको थियो। ९.४ ओभरमा नेपालका ओपनर ब्याटर आसिफ शेख २७ बलमा २९ रन बनाउँदै क्याच आउट भए । तेस्रो विकेट ११.४ ओभरमा भिम सार्की १८ रनमा बोल्ड भए । कप्तान रोहित पौडेलले दोहोरो अङ्क पनि नबनाउँदै एलबीडब्ल्यू आउट भए । उनले ११ बलमा ९ रन बनाउँदै पेभेलियन फर्किए। कुशल मल्ल ६ रनमा क्याच भए । करण केसी खाता खोल्ने वित्तिकै पेभेलियन फर्किए । 

लोकेश बम २५ रनमा  र नन्दन यादव १ रनमा अविजित रहे । हुरिकेन्सका लागि बलिङतर्फ निभाथन राधाकृष्णनन् र राफेल म्याकमुलेनले समान २–२ विकेट लिँदा मार्कस विन्स, ब्राडले होप, गार्बेल बेलले १-१ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्