काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ११ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १८ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।











