Logo
Logo

ललितनारायण राजवंशीले विपन्न कोटाको घर नलिने


567
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले विपन्न वर्गको कोटाबाट प्रदान गरिने घर नलिने घोषणा गरेका छन् । आमाको निधनपछि क्रियाको ११औँ दिन उनले यो निर्णय गरेका हुन् ।

The current image has no alternative text. The file name is: lalit.gif

केही दिनअघि कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले ललितको जीर्ण घर देखेर जनता आवास कार्यक्रमअन्तर्गत ४-५ लाख लागतमा दुई कोठा, बरण्डा र शौचालयसहितको घर बनाइदिने बताएका थिए ।

तर, सामाजिक सञ्जालमा यसको समर्थन र आलोचना दुवै भएको थियो । कतिपयले ललितले नेपाल प्रिमियर लिग, नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीबाट लाखौँ कमाउने भएकाले आफैँ घर बनाउन सक्षम रहेको तर्क गरे ।ललितले भने, ‘म आफैँ घर बनाउन सक्षम छु । आमाको निधनले यो योजना रोकिएको मात्र हो । विपन्न वर्गको कोटाबाट सुविधा लिनु न्यायसङ्गत हुँदैन ।’

उनले सरकारले सम्मान वा सहानुभूतिस्वरूप सहयोग गरे स्वीकार गर्ने, तर विपन्नका लागि छुट्याइएको कोष प्रयोग गर्न नमिल्ने बताए । ललितको परिवार पाँच पुस्तादेखि विराटनगरमा बस्छ । बुबाको नाममा करोडौँ मूल्यको एक बिघा घडेरी छ । क्रिकेट र ब्रान्ड एम्बासडरको भूमिकाबाट उनको आम्दानी राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्