Logo
Logo

टोटनहमसँग म्यानचेस्टर सिटीको हार


378
Shares

एजेन्सी । पहिलो हाफमै ब्रेनन जोनसन र जोआओ पल्हिन्हाले गरेका गोलमा टोटेनहम हस्परले म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।

टोटेनहमका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा टोलीले उत्कृष्ट सुरुवात गरेको छ । इथिहाड स्टेडियममा पल्हिन्हाले आफ्नो पूर्ण डेब्यूमा गोल गर्दै गरे ।

ब्रेनन जोनसनले ३५ औं मिनेटमा पहिलो गोल गर्दै खेलको खाता खोले । सिटीको कमजोर खेललाई दण्डित गर्दै पल्हिन्हाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

गत साता वुल्भ्सविरुद्ध ४ गोल गरेको पेप ग्वार्डियोलाको टोली सिटीले यो साता निराशाजनक प्रदर्शन गर्यो । दुई खेलमा‌ टोटनहमको ६ अङ्क जोडेको छ । 

प्रतिक्रिया दिनुहोस्