Logo
Logo

उपभोक्ता मुद्रास्फी घट्यो, आर्थिक बोझ कायमै


189
Shares


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ । 

The current image has no alternative text. The file name is: Bank.jpg

जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ५.४४ प्रतिशतको तुलनामा केही कम हो । यद्यपि, सर्वसाधारणको दैनिक जीवनमा खासै राहत पुगेको छैन । खाद्य तथा पेय पदार्थ र गैरखाद्य वस्तुको मूल्यवृद्धि अझै पनि उच्च रहेको छ । साथै क्षेत्रगत र प्रदेशगत असमानताले जनताको आर्थिक बोझ कम भएको छैन । 

राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहमा तरकारीको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत र दाल तथा गेडागुडीको ७.९० प्रतिशतले बढेको छ । यी वस्तुहरू सर्वसाधारणको दैनिक उपभोगका आधारभूत आवश्यकता भएकाले यस्तो मूल्यवृद्धिले निम्न र मध्यम वर्गीय परिवारको बजेटमा ठूलो दबाब परेको छ ।

यद्यपि, मरमसला र माछा-मासुको मूल्य क्रमशः २.६२ र ०.३४ प्रतिशतले घटे पनि समग्र खाद्य समूहको मुद्रास्फीति ४.६९ प्रतिशत कायम छ,जुन अघिल्लो वर्षको ६.४७ प्रतिशतभन्दा कम हो 

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य ९.३९ प्रतिशत, कपडा र जुत्ताको ६.०९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशतले बढेको छ । यी क्षेत्रमा भएको मूल्यवृद्धिले विशेषगरी सहरी क्षेत्रका उपभोक्ताहरूलाई थप आर्थिक बोझ थपिएको छ । गैरखाद्य समूहको औसत मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.६४ प्रतिशतभन्दा कम हो । 

क्षेत्रगत रूपमा हेर्दा हिमालमा सबैभन्दा उच्च ४.८९ प्रतिशत मुद्रास्फीति देखिएको छ भने तराईमा ४.१४ प्रतिशत, पहाडमा ३।८६ प्रतिशत र काठमाडौं उपत्यकामा ३.७७ प्रतिशत छ । ग्रामीण क्षेत्रमा ४.४० प्रतिशत र सहरी क्षेत्रमा ३.९४ प्रतिशत मूल्यवृद्धि भएको छ ।

प्रदेशगत रूपमा कोशीमा ५.४६ प्रतिशतको उच्च मुद्रास्फीति छ भने बागमती र गण्डकीमा क्रमशः १.८१ र १.७१ प्रतिशतको तुलनात्मक रूपमा कम मुद्रास्फीति देखिएको छ ।  नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले मुद्रास्फीति केही घटेको देखाए पनि खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धि, साथै क्षेत्रगत र प्रदेशगत असमानताले जनताको जीवन महँगो बन्दै गइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्