Logo
Logo

नेशनल लाइफ र हबिबबीच हिमालयन बैंकको सेयर किनबेच गर्न सम्झौता


567
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर किनबेच गर्ने सम्झौता भएको छ । इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसाका दरले सेयर खरिद गर्नका लागि सम्झौता भएको हो ।

सम्झौता गरेर उक्त कागजात सबै हिमालयन बैंकमा बुझाइसकेको बताइएको छ । स्रोतका अनुसार हिमालयन बैंकले भने उक्त कागजात अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने तयारी गरेको छ ।

यस्तै, नेशनल लाईफ इन्स्योरेन्सले हबिबको सेयर किन्नका लागि प्राधिकरणबाट समेत स्वीकृति लिइसकेको छ । हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनलले किनेको हो । नेशनलले हबिबको सेयर प्रतिकित्ता ११८ .८८ रुपैयाँमा किनेको छ ।

हबिबको उक्त सेयर उक्त सेयर ३ अर्ब १६ करोड ३ लाख ६४ हजार २७० रुपैयाँमा नेशनलले किनेको हो । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गर्न पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था छ ।

हाल हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, आभा इन्टरनेसनल प्रालिको ७.४६ प्रतिशत, छाया इन्टरनेसनल प्रालिको ५.७८ प्रतिशत, प्रदिपजंग पाण्डेको १.९८ प्रतिशत, सशिकान्त अग्रवालको १.७१ प्रतिशत, इच्छाराज तामाङको १.३६, नेशनल लाइफको १.२५ प्रतिशत स्वामित्व रहेको छ ।

एसियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको ०.७७ प्रतिशत, रिता मल्लको ०.७३ प्रतिशत, प्रभा गोयन्का भिमसरियाको ०.६७ प्रतिशत, बिजय इन्टरनेसनल प्रालिको ०.५२ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस्