Logo
Logo

नेप्से ४.८३ अङ्कले बढ्यो, कारोबार घट्यो


252
Shares

काठमाडौं । सातको तेस्रो दिन आज मङ्गलवार नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार बढेर बन्द भएको नेप्से आज भने सामान्य अङ्कले बढेको हो । 

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

नेप्से परिसूचक ४.८३ अङ्क बढेर २७६६.०९ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.५१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.३० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अङ्क बढेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ७५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३२२ स्टकको ४५ हजार ११६ पटकको कारोबारमा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँबराबरको ९२ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

विकास हाइड्रोपावर कम्पनीको सेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ४२ रुपैयाँ ७० पैसा बढेर ४७० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । 

नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नारायणी डेभलपमेन्ट बैङ्कको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । सेयरमूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैङ्कको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४२ अङ्क बढेको छ । त्यस्तै, विकास बैङ्क उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने बाँकी उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ । लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्