Logo
Logo

उखु किसानले पाउने साढे ७५ करोड अनुदान निकासा


315
Shares

काठमाडौं । सरकारले उखु किसानहरूलाई प्रोत्सहान, अनुदान बापतको रकम  निकासा गरेको छ । अर्थ मन्त्रालयले यसबापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैङ्क खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

The current image has no alternative text. The file name is: ukhu-kishan-1.gif

मन्त्रिपरिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई ७० रुपैयाँ नै रकम उपलब्ध गराउन मन्त्री परिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा सरकारले ३५ रुपैयाँ उपलब्ध गराउने  निर्णय गरेको हो । 

यसै बीच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि बीच सिहंदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह , मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फबाट श्यामबाबु राय लगायत सहभागी छन् । 

यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्