Logo
Logo

अन्डाको मुल्य बढ्यो


252
Shares

काठमाडौं । आज बिहीबारदेखि लागु हुने गरी अन्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको मुल्य प्रतिक्रेट १५ रुपैयाँ बढेको जनाएको छ । 

The current image has no alternative text. The file name is: egg-12.jpg

मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो । यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ५ सय ३० रुपैयाँ कायम गरिएको छ । यसअघि प्रतिक्रेट ५ सय १५ रुपैयाँ थियो ।

यस्तै सानो अन्डाको भाउ भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ । यसैगरी उपभोक्ता मूल्य पनि निर्धारण गरिएको छ । उपभोक्ताले अब प्रतिगोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ मूल्य तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्